नेशनल इन्स्योरेन्स कम्पनीको नाफा १ करोड ९५ लाख |
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा खुद नाफा १ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा ५३ करोड ५८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
बीमाले जगेडा कोषमा ३८ करोड ३८ लाख रुपैयाँ नोगेटिभ र जीवन बीमा कोषमा ९९ करोड ९६ लाख रुपैयाँ राखेको छ । जसले महाविपत्ती जगेडामा २ करोड ६५ लाख रुपैयाँ छुटाएको छ । बीमाको आम्दानी २ करोड २८ लाख रुपैयाँ र खर्च ३२ लाख रुपैयाँ रहेको छ ।
बीमाको बीमाशुल्क खुद ३६ करोड ६६ लाख रुपैयाँ र दाबी भुक्तानी खुद ३४ करोड ४६ लाख रुपैयाँ रहेको छ । जसको कुल बीमा शुल्क आर्जन रकम ४४ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ भने कुल दाबी भुक्तानी ३८ करोड २७ लाख रुपैयाँ रहेको छ । बीमालेख संख्या ११ हजार ८२५ वटा र दाबी भुक्तानी संख्या १ हजार ४२० वटा रहेको छ ।
बीमाको भुक्तानी हुन बाँकी दाबी रकम ७२ करोड ८७ लाख रुपैयाँ रहेको छ । भुक्तानी हुन वाँकी दाबी संख्या १ हजार ३७० वटा रहेको छ ।




