तारागाँउ रिजेन्सी होटल्सको नाफा ३७ प्रतिशतले बढ्यो |
काठमाडौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा ३७ दशमलव ७१ प्रतिशतले वृद्धि गरी २१ करोड ३८ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले नाफा १५ करोड ५३ लाख रुपैयाँ कमाएको थियो ।
१ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी भएको तारागाँउ रिजेन्सी होटल्सले जगेडाकोषमा ६३ करोड ५० लाख रुपैयाँ राखेको छ । कम्पनीको सम्पत्ति १० दशमलव ४२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ४० करोड ७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ११ दशमलव ३४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २१ दशमलव २६ गुणा, प्रतिशेयर नेटवर्थ १३९ दशमलव २१ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १८० दशमलव २६ रुपैयाँ र तरलता अनुपात २ दशमलव ३१ रुपैयाँ रहेको छ ।




