सानिमा इन्स्योरेन्सको खुद बीमा शुल्क एक करोड |
काठमाडौं । सानिमा इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यस्तै इन्स्योरेन्सले पुर्नबीमा कमिशन आयबाट ९९ लाख ९३ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयवाट ९ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीले १ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ७० करोड रुपैयाँ चुक्ता पूँजी रहको इन्स्योरेन्सको जगेडा कोषमा एक करोड ४१ लाख रुपैयाँ, बीमा कोषमा एक करोड ७९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १७ लाख ८० हजार रुपैयाँ सञ्चित छ ।
यस अवधिमा इन्स्योरेन्सले २ हजार ३७३ वटा बीमालेख जारी गरी ४ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । १४ वटा दाबी वापत कम्पनीले ३ लाख ३१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने १५ दाबी वापत ४४ लाख ३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
