कतार एयरवेजद्वारा प्रिमियम कम्प्यानियन अफर सार्वजनिक, २०% सम्मको छुट प्राप्त गर्न सकिने |

दोहा, कतार । कतार एयरवेजले यात्रुहरुलाई आफ्ना परिवारजन तथा साथीभाइहरुसँग यात्रा गर्दा कति फलदायी हुन्छ भन्ने अनुभव गराउने उद्देश्यले हालै आफ्नो नयाँ प्रिमियम अफर ल्याएको छ । अब कतार एयरवेजका ग्राहकहरुले यस विशेष प्रवद्र्धनको अवधिमा दुई वा बढी यात्रुहरुका लागि बुकिङ गर्दा विशेष छुट प्राप्त गर्नेछन् ।
यो योजना ११ डिसेम्बर २०१९ सम्मका यात्राको लागि ११–१८ फेब्रुअरी २०१९ अवधिमा बुकिङ गरिने कतार एयरवेजका फस्र्ट क्लास एवं बिजनेस क्लासका टिकटहरुमा लागू गरिएको छ । यस अवधिमा बुकिङ गर्ने यात्रुहरुले २०% सम्मको छुट प्राप्त गर्नुको साथै फस्र्ट क्लास एवं बिजनेस क्लासका बुकिङमा डबल क्यूमाइल्स् एवं क्यूप्वाइन्ट्स पनि प्राप्त गर्न सक्नेछन् ।
कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी इहाब अमिनले भने, ‘यात्रा अझ रमणीय हुन्छ, जब हामीसँगै हाम्रा परिवारजन वा इष्टमित्रहरु पनि हुन्छन् । अब कतार एयरवेजको कम्प्यानियन अफरको लाभ उठाई यात्रुहरुले उक्त अनुभवलाई अझ उत्कृष्ट बनाउन सक्नेछन् । यस अद्वितीय प्रवद्र्धनले हामी हाम्रा यात्रुहरुलाई सँगै यात्रा गर्दाको विशेष अनुभूति अनुभव गराउन प्रोत्साहित गर्न चाहन्छौँ ।’