महिन्द्राको युभो ट्याक्टर बजारमा |

भैरहवा । महिन्द्रा कम्पनीको युभो नामक नयाँ ट्याक्टर बजारमा ल्याएको छ । भैरहवामा एक कार्यक्रमका बीच महिन्द्राको युभो ४१५ डिआई र २७५ डिआई ओआईबी ट्याक्टर लन्च भएका छन् । पश्चिम क्षेत्रको आधिकारीक विक्रेता अम्बु मार्केटिङ द्वारा उक्त ट्याक्टरहरु लन्च गरिएको हो ।
भारतमा नम्बर १ मानिएको महिन्द्रा कम्पनी नेपालमा पनि सहज रुपमा विक्री भएको र धेरै ग्राहकहरुको मन जित्न महिन्द्रा ट्याक्टर सफल भएको अम्बु मार्केटिङका प्रमुख पर्सुराम पराजुलीले बताए ।
महिन्द्रा कम्पनीको ट्याक्टर पहाडमा उक्कालो ओरालो गरी मालसामान पुर्याउन, तराईमा सामान ओसार पसार गर्न र खेत जोत्नको लागि मजबुत भएकोले नेपाली बजारमा नम्बर १ रोजाइमा परेको महिन्द्रा कम्पनीको नेपालका लागि मार्केटिङ प्रमुख देबेन्द्र महत्राले बताए ।
महिन्द्रा ट्याक्टरको आधिकारीक डिलर अम्बु मार्केटिङले भैरहवामा रहेर लामो समयदेखि काम गर्दै आएकोले नयाँ नयाँ मोडलका ट्याक्टरहरु समय अनुसार भित्राउने गरेको बताउँदै नेपालमा गुणस्तरीय ट्याक्टरको रुपमा चिनिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी कुलप्रसाद न्यौपानेले बताए ।