भ्यालेन्टाइन डेमा सोमर्स्वीको ‘ह्याण्ड हर्ट’ अवधारणा |
काठमाडौं । भ्यालेन्टाइन डेको अवसरमा सोमर्स्वीले ‘ह्याण्ड हर्ट’ अवधारणा प्रस्तुत गरेको छ । कम्पनीले कुनै पनि शब्दको प्रयोग नगरी हातका औंलाहरू मात्रको प्रयोगबाट प्रेमको अभिव्यक्ति गर्ने माध्यम ‘ह्याण्ड हर्ट’ लाई प्रेमको प्रतीकका रूपमा प्रस्तुत गरेको हो ।
‘ह्याण्ड हर्ट’मा औंलाहरूबाट कलात्मक रूपमा हर्ट अर्थात् मुटुको आकार बनाइन्छ । स्वप्न सुमन र ज्योत्सना योगीले आफ्ना औंलाहरू प्रयोग गरी बनाएको मुटुको आकारयुक्त सोमस्र्वी क्याम्पेन युवा पुस्तामाझ लोकप्रिय हुने कम्पनीले विश्वास गरेको छ ।
नयाँ पुस्ताका स्टारहरू जस्तै ग्यालोर, जस्टिन विवर, टेलर स्वीफ्ट, लेडी गागा, सेलेनागोमेज, डेमीलोभाटो, ब्लेक लाइभ्ली र फुटबलर्स हजार्ड, एग्लो रोशीतलगायतले ‘ह्याण्ड हर्ट’ को प्रदर्शनले दर्शकलाई आकर्षित गर्दै आएका छन् ।


