अग्नि ग्रुपको ओखलढुङ्गामा नयाँ शोरुम संचालन |

काठमाडौं । अग्नि ग्रुपले ओखलढुङ्गामा महिन्द्रा गाडीहरुका लागि आफ्नो आधिकारिक नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले यस आसपासका क्षेत्रहरुमा आफ्नो गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्ने छ ।
शोरुमको समुद्घाटन कम्पनीका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र प्रदेश नं १ का सभासद अम्बिरबाबु गुरुङ्गले गरेका थिए । उक्त समारोहमा सरकारी एवं गैरसरकारी प्रतिनिधी एवं स्थानीय व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
रुम्जाटार अटोमोबाइल्सबाट जेन्यून पार्टस पाइनुका साथै विक्री एवं विक्री पछिको सेवा प्रदान गरिने शोरुमका प्रबन्ध निर्देशक राज घलेले बताए ।
स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका फोरह्वील सवारी, सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् । ओखलढुङ्गास्थित नयाँ शोरुम तथा सर्भिस सेन्टरले ओखलढुङ्गा तथा आसपासका वासिन्दाहरु लाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउने छ ।
‘कम्पनी केवल सवारी विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्व सुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित गरेको छ ।’ घलेले बताए । चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टसहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहेको कम्पनीको भनाई छ ।
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजू अटो वक्र्स प्रालि रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर, विद्युतीयकार तथा जेनेरेटरहरु विक्रीवितरण गर्दै आएका छन् ।