पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी ह्याम्स अस्पतालमा भर्ना |
काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी ह्याम्स अस्पताल धुम्बाराहीमा भर्ना भएका छन्।
ललितपुस्थित भैसेपाटीको मेडसिटी अस्पतालमा उपचार गराइरहेका अधिकारीलाई हिजो ह्याम्स अस्पताल भर्ना गरिएको हो । अस्पतालले जनाएअनुसार अधिकारीलाई आइसीयूमा राखेर उपचार भइरहेको छ ।
यसअघि अधिकारीलाई स्वासप्रस्वासमा समस्या देखिएर मेडसिटी अस्पतालमा उपचार गराइएको थियो । हिजोमात्रै उनलाई ह्याम्स सारिएको हो ।
अस्पतालले जनाएअनुसार अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक छैन, सुधारोन्मुख छ । फोक्सोमा कफ जमेको र श्वासप्रस्वासमा समस्या देखिएको उनलाई अस्पताल भर्ना गरिएको हो ।
उनलाई वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्कीको टिमले हेरिरहेको छ । डाक्टर रक्षा पाण्डे, डा. सविन कोइराला लगायतको टिम उनको उपचारमा संग्लग्न छन्।् । छाती रोग र मुटुरोग विशेषज्ञहरुले उपचार गरिरहेको अस्पतालले जानककारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


