आइतबारदेखि देशैभर मौसम सफा हुने अनुमान |
काठमाडौं । आगामी आइतबारदेखि देशैभर मौसम सफा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । गत मंगलबारदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले बताएको छ ।
पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली भए पनि दिउँसोदेखि मौसम सफा हुने बताइएको छ । काठमाडौं उपत्यकामा बिहान आंशिक बदली हुँदा हलुका वर्षा भए पनि दिउँसोदेखि भने घाम लाग्न सक्ने महाशाखाले जानकारी दिएको छ ।
पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले आइतबारदेखि मौसम सफा हुने छ । गत बुधबारदेखि वर्षासँगै हिमपात हुँदा जाडो बढेको छ ।
Visited 1 times, 1 visit(s) today


