कुमारी बैंकका भिसा क्रेडिट कार्ड बोक्ने ग्राहकलाई ई˗कमर्स सुविधा |
काठमाडौं । कुमारी बैंक लिमिटेडले भिसा क्रेडिट कार्डहोल्डरहरु लाई ई–कमर्स कारोबारहरु गर्न सक्ने सुविधा शुरु गरेको छ । थ्री– डि सेक्युर प्रोटोकोलमा आधारित भेरिफाइड बाई भिसा प्रणाली अनुसार कुमारीको भिसा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्दा कार्डहोल्डर प्रमाणीकरण विधि अनुरूप थप सुरक्षा प्रत्याभूत गरिएको छ ।
कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा ई–मेल वा एसएमएसबाट ʽवान टाइम पासर्वडʼ प्राप्त गर्ने छन् । यसबाट कार्डहोल्डरको पहिचान प्रमाणीकरण हुनेछ । अब कुमारी बैंकको क्रेडिट कार्डबाट कारोबार गर्दा उक्त सुरक्षाको कारण निश्चिन्त भई अनलाइन शपिङ लगायतका अतिरिक्त कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ ।
यो सुरक्षा प्रणाली कार्यान्वयनपछि बैंकका क्रेडिट कार्डहोल्डरहरुकोे बैंकिङ सेवा लगायत अनलाइन कारोबार प्रणालीमा उपभोक्ताको भरोसा बढ्ने विज्ञप्तिमा उल्लेख छ । कार्डहोल्डरहरुले कुमारी बैंकको मोबाइल टोकन एप डाउनलोड गरेर पनि अनलाइन कारोबारको पासवर्ड पाउन सक्छन् ।



