ब्वाइज युनियन क्लबलाई डिभाइन वाइनको प्रायोजन |
काठमाडौं । ब्वाइज युनियन क्लबलाई महाकाली वाइन प्रालि (डिभाइन वाइन) ले प्रायोजन गरेको छ । क्लबसँग डिभाइनले आधिकारीक रूपमा सम्झौता गरेको छ । कम्पनीले सामाजिक कार्यक्रम अन्र्तगत क्लबलाई दश लाख रूपैयाँको चेक हस्तातरण गरिएको हो ।
सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खड्का र क्लबको तर्फबाट निरज बहादुर राउतले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार डिभाइन वाईनले एक वर्षको लागि क्लबलाई प्रायोजन गर्नेछ । यस अवधिभरको लागि क्लबको नाम डिभाइन ब्वाइज युनियन क्लब नामकारण गरिएको छ । साथै क्लबको सम्पुर्ण प्रतियोगिताहरूमा डिभाइनको लोगो खेलाडीहरूको जर्सीमा प्रयोग हुने कम्पनीले जानकारी दिएको छ ।



