गुण्डा नाइके राजु गोर्खाली पक्राउ, संगठित अपराधअन्तर्गत मुद्दा चलाउने तयारी |
काठमाडौं । काठमाडौंको सुन्धारास्थित काठमाडौं मलका सञ्चालक राजु गोरखालीलाई प्रहरीले पक्राउ गरेको छ । गुण्डा नाइके भनेर चिनिने गोर्खालीलाई सोही मलका व्यापारीहरूलाई धम्क्याएर दुःख दिएको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको माहाशाखा प्रमुख धीरजप्रताप सिंहले जानकारी दिएका छन् । काठमाडौं मलका व्यापारीलाई धम्क्याएर सटरको भाडा तोकिएको भन्दा बढी असुल गर्ने गरेको आरोप गोर्खालीमाथि छ । मलका व्यापारीहरूलाई दुःख दिने गरेकाले व्यापारीहरूले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रमुख सिंहका अनुसार गोर्खालीमाथि संगठित अपराधअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ ।
Visited 3 times, 1 visit(s) today


