मेगा बैंकले धादिङको ज्वालामूखीमा नयाँ शाखा खोल्यो |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले शाखाको उद्घाटन गरेका छन् ।
ज्वालामुखी गाउँपालिकामा पहिलोपटक वाणिज्य बैंकको शाखा खुलेको हो । नयाँ शाखामा १५ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् । त्यहाँ १४ करोड निक्षेप र २ करोड ऋण प्रवाह भइसकेको छ ।
बैंकको देशभर १०२ शाखा पुगेको छ । १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३०० भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
Visited 1 times, 1 visit(s) today


