नेपालमा पनि मार्जिन कारोबारका लागि भयो बाटो खुल्ला | ब्रोकर र लगानीकर्ता आफैंले ब्याजदर तोक्न सक्ने, तर बोर्डमा जानकारी दिनुपर्ने
काठमाडौं । अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन कारोबार गर्न सकिने भएको छ । नेपाल धितोपत्र बोर्डले हिजो शुक्रवार परिपत्र जारी गरेरै मार्जिन कारोबारको बाटो खुला गरिदिएपछि मार्जिन कारोबार गर्न सकिने भएको हो । तर, त्यस्तो कारोबारको ब्याजबारे भने बोर्ड र नेप्सेलाई जानकारी गराउनुपर्ने बोर्डले बताएको छ ।
बोर्डले नेप्सेलाई मार्जिन कारोबारबारे पर्याप्त प्रचार प्रसार गर्न र सूक्ष्म निगरानी गर्नसमेत निर्देशन दिएको छ । मार्जिन कारोबारको ब्याजदरमा अनावश्यक उताचढाव आएमा धितोपत्र बोर्डले आवश्यक हस्तक्षेप गर्न सक्ने व्यवस्था पनि बोर्डले गरेको छ ।
बोर्डले मार्जिन कारोबारसम्बन्धी आफ्नो निर्णयबारे नेपाल राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ । अब राष्ट्र बैंकको स्वीकृतिपछि मार्जिन कारोबार आरम्भ हुने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । उनले भने, ‘हामीले मार्जिन कारोबारको काम सम्पन्न गरेका छौं, राष्ट्र बैंकले स्वीकृति दिनेबित्तिकै मार्जिन कारोबार आरम्भ हुन्छ ।’
बोर्डले २०७४ कात्तिक २० गते मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४ जारी गरेको थियो भने नेपाल स्टक एक्सचेञ्जले २०७५ बैशाख १०९ गते ‘मार्जिन कारोवार सुविधासम्बन्धी कार्यविधि, २०७५’ ल्याएको थियो ।
Visited 1 times, 1 visit(s) today


