विद्युत प्राधिकरणमा टेण्डरको फाइल हेर्ने विजयकुमारविरुद्ध सवा २ करोडको मुद्दा |
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिव सवा २ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
चौधरीले सेवामा रहँदा २ करोड १४ लाख ५८ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियङ्काकुमारी चौधरीलगायतको नाममा बदनियतपूर्वक राखेको अख्तियारको आरोप छ । अख्तियारले चौधरीकी श्रीमती प्रियङ्कालाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको छ । उनले प्राधिकरणको वितरण सञ्जालका लागि अधिकांश टेण्डरको फाइल तयार पार्ने काम गर्दै आएका थिए ।



