भैंसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैंसी नै उपहार, गाई सुन्दरीलाई नगद |
सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिकाको आयोजनामा कोशी कटानमा सञ्चालन गरिएको ‘भैंसी सुन्दरी प्रतियोगिता’ हिजो सोमवार सम्पन्न भएको छ । उक्त प्रतियोगिताका प्रथम विजेता विन्देश्वर इशरले लैनो भैंसी नै उपहार पाएका छन् ।
इशरलाई उक्त पुरस्कार प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, इनरुवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले संयुक्त रूपमा वितरण गरेका हुन् ।
९० वटा भैंसीलाई प्रतिस्पर्धामा सहभागी गराइएकोमा उत्कृष्ट ठहरिएको भैंसीका धनी विन्देश्वर इशरले प्रथम पुरस्कार जित्न सफल भएका हुन् ।
विजेता इशरलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले १ लाख ५० हजार रुपैयाँ पर्ने लैनो भैंसी प्रदान गरेका हुन् । उनले सो भैंसी व्यक्तिगत रूपमा खरिद गरेर दिएका हुन् । कार्यक्रममा गाई सुन्दरी प्रतियोगितातर्फका विजेतालाई नगदसहित सम्मान गरिएको आयोजकले बताएका छन् ।
Visited 1 times, 1 visit(s) today


