क्लिन फिड अनिवार्यरुपमा लागू गरिने |
काठमाठौं । विज्ञापन नियमन सम्बन्धी नयाँ विधेयकले सम्बद्ध व्यक्तिको मञ्जुरीविना बिज्ञापन गर्न नपाइने प्रावधान राखिएको छ । अब एसएमएस र इमेलबाट विज्ञापन गर्न नपाइने प्रावधान सो विधयकमा छ ।
राष्ट्रिय सभाको माघ १४ गते बस्ने बैंठकमा पेश गर्न लागिएको यो विधेयकको दफा १० मा यस्तो व्यबस्था गरिएको छ ।
सरकारले पेश गरेको विधेयकमा विज्ञापन नियमन विधेयक अनुसार नेपालमा प्रसारण हुृने विदेशी टेलिभिजन च्यानलले विज्ञापन प्रसारण गर्न पाउने छैनन् ।



