एनएमबी बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै |
काठमाडौं । एनएमबी बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशनका लागि बैंकले क्रेडिट रेटिङ गराएको छ । बैंकले तीन अर्ब रुपैयाँको लागि गराएको रेटिङमा प्रर्याप्त सुरक्षा सूचक जनाउने (इक्रा एनपी एलए माइनस) प्राप्त गरेको छ । यो सूचकले ऋणपत्रको लगानी सुरक्षित रहेको जनाउँछ ।
बैंकले १० प्रतिशत व्याजदरमा (एनएमबी डिवेन्चर २०८५) निष्काशन गर्ने भएको हो । बैंकले ५० करोड रुपैयाँको एनएमबी डिबेन्चर २०७६ को पुनः रेटिङ गरेको छ । पुनः रेटिङ गर्दा (इक्रा एनपिी एलए माइनस) नै प्राप्त गरेको छ ।
बैंकले गएको दुई वर्षमा ऋण दिन योग्य रकमको अभावलाई मध्य नजर गर्दै तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने योजना बनाएको हो । पछिल्लो बैंकिङ क्षेत्रमा देखिएको तरलताको अभावलाई समाधान गर्न बैंहरुले ऋणपत्रको निष्काशनलाई जोड दिन थालेका छन्। एनएमबीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेसँगै चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।




