निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको सौराहा शाखाबाट संकलन गरिने |
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको सौराहा शाखाबाट संकलन गरिने भएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकाल र कृषि विकास बैंकको क्षेत्रिय कार्यालय बीरगंन्जका निर्देशक बाबुकाजी थापाले सो निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको सौराहा शाखाबाट संकलन गर्ने कार्यको सौराहामा संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
बुधबार उठेको राजस्व रकम १२ लाख १ हजार रुपैंया बैंकका प्रबन्धक पुस्तकराज तिवारीलाई हस्तान्तरण गरी राजस्व खातामा जम्मा गरिएको थियो । सो अवसरमा प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालले निकुञ्जबाट उठ्ने राजस्व रकम जम्मा गर्न भरतपुर जानु पर्ने झन्झटबाट मुक्त भएको बताए ।
बैंकका निर्देशक बाबुकाजी थापाका अनुसार चितवन राष्ट्रिय निकुञ्जका घुम्न आउने पर्यटकको प्रवेश शुल्क, जंगल सफारी शुल्क, ढुंगा÷गिट्टी÷बालुवा कर, दण्ड जरीवाना लगायत गरी दैनिक औसत १० लाख रुपैयाँ राजस्व संकलन हुने गरेको छ ।




