साउथ एशियन फेडेरेशनद्वारा सिटिजन्स बैंक पुरस्कृत |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्स (SAFA) ले पुरस्कृत गरेको छ ।
भारतको पुणेमा आयोजित एक समारोहमा बैंकलाई SAFA वेस्ट प्रिजेन्टेड एनुअल रिर्पोट अवार्ड २०१७ बाट पुरस्कृत गरिएको हो । ʽप्राइभेट सेक्टर बैंक (इनक्लुडिङ को˗ओपरेटिभ बैंकʼ विधामा बैंकल सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ ।
सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित SAFA ले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ ।
SAFA ले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशन, तथा अन्य लेखाजोखाका आधारमा मल्यांकन गरी उत्कृष्ट छनौट भएकोले उक्त पुरस्कार प्रदान गरेको हो ।



