पूर्वगभर्नर तिलक रावल रिहा भए, बुझाए १० लाख धरौटी |
काठमाडौं । पोलिमर नोट छपाइ प्रकरणमा पक्राउ परेका पूर्वगभर्नर तिलक रावल १० लाख रुपैयाँ धरौटी राखेर रिहा भएका छन् । उनलाई बयान र थुनछेक बहसपछि विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । भ्रष्टाचार मुद्दामा पक्राउ परेका उनी हिजो सोमवार रिहा भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको थियो । विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठका अनुसार रावलले १० लाख रुपैयाँ नगद नै बुझाएर रिहा भएका छन् । रावलविरुद्ध ९१ लाख रुपैयाँको बिगो दावीसहितको मुद्दा परेको थियो ।



