कुमारी बैंकले नाफामा बढायो २७ प्रतिशत |
काठमाडौं । कुमारी बैंकले दोस्रो त्रैमासको लेखापरीक्षण नगरिएको वित्तीय विवरणअनुसार बैंकको नाफा ४८ करोडबाट बढाएर ६१ करोड रुपैयाँ पुर्याएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा स्वतन्त्र नाफामा २७ प्रतिशत वृद्धि गरेको छ ।
खुद नाफा भने बैंकले ५२ करोडबाट वृद्धि गरी ६८ करोड रुपैयाँ पुर्याएको छ । तीन महिनाको अवधिमा बैंकले रिजर्भमा गत असारको तुलनामा करिब ३३ करोड रुपैयाँ वृद्धि गरेको छ ।
बैंकले तीन महिनाको अवधिमा निक्षेपलाई ७२ अर्बबाट बढाएर ७५ अर्ब पुर्याउँदा कर्जा प्रवाह ६७ अर्ब ८२ करोडबाट बढाएर ७० अर्ब ७७ करोड पुर्याएको छ । यो आधारमा सीसीडी अनुपात ७८.०७ प्रतिशत कायम भएको छ ।
दोस्रो त्रैमासको रिपोर्टअनुसार बैंकको पूँजी पर्याप्तता अनुपात १२.८१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.२२ प्रतिशत, कस्ट अफ फण्ड ८.१२ प्रतिशत, बेसरेट ११.५५ प्रतिशत र ब्याजको स्प्रेडदर ३.३८ प्रतिशत कायम भएको छ ।



