गोयन्का इलेक्ट्रोनिक्स तेस्रो वर्षमा प्रवेश, आउने आर्थिक वर्षमा शतप्रतिशत बजार बिस्तार गर्ने लक्ष्य |
काठमाडौं । गोयन्का ग्रुप अन्तर्गतको गोयन्का इलेक्ट्रोनिक्स प्रालीले इलेक्ट्रोनिक्स व्यवसायमा तेस्रो वर्ष प्रवेश गरेको छ । गोयन्का इलेक्ट्रोनिक्स प्रालीले विभिन्न किसिमका घरायसी इलेक्ट्रोनिक्स सामग्रीहरू बजारमा ल्याएको छ । कम्पनीले सूर्य, सेल्लो, लेक्सका साथै आफ्नै गोयन्का ब्रान्डका सामाग्री पनि उपलब्ध गराउँदै आएको छ ।

गोयन्का इलेक्ट्रोनिक्स प्रालीले विगतमा जस्तै आउने आर्थिक वर्षमा पनि शतप्रतिशत बजार वृद्धि गरि १०० करोड बराबरको व्यापार गर्ने योजना बनाएको छ । हालको अवस्थामा २०० सक्रिय डिलरहरूको साथमा काम गरिरहेको कम्पनीले उल्लेख गरेको छ ।

गोयन्का इलेक्ट्रोनिक्सले अबको पाँच वर्षमा कूल बजारको १५ प्रतिशतभन्दा बढि बजार हिस्सा ओगट्ने लक्ष्य राखेको छ । नेपालीको क्रय क्षमतालाई मध्यनजर राख्दै कम्पनीले उचित मूल्य, उच्च गुणस्तर र ग्राहकको रोजाईमा पर्ने सामानहरु आगामि दिनमा पनि ल्याउने जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


