सिटिजन्स बैंक र एक्सिस बैंकबीच रेमिटेन्स सम्झौंता |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एक्सिस बैंक भारतबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार अब एक्सिस बैंकबाट नेपालमा पैसा पठाउन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सिटिजन्स बैंकको ८१ वटा शाखाबाट भारतबाट पठाएको पैसा पाउन सकिने विज्ञप्तिमा उल्लेख छ ।
बैंकले यस अघि कतारको दोहा बैंक, बेलायतको क्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस लगायतका कम्पनीसँग सम्झौंता गरेर नेपालमा रेमिटेन्स ल्याइरहेको छ ।
Visited 1 times, 1 visit(s) today


