५ अर्बको रिपो विक्री गर्दै राष्ट्र बैंक |
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँबराबरको रिपो विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत उक्त रिपो खरिद गर्न सक्ने एक सूचना सार्वजनिक गर्दै आज शुक्रवार जानकारी दिएको हो ।
राष्ट्र बैंकले यही माघ ६ गते बोलकबोलमार्फत एक हप्ता अवधि अर्थात् यही माघ १३ गतेसम्मका लागि मात्र उक्त रिपो उपलब्ध गराउन लागेको हो ।



