लक्ष्मी बैंकले गर्यो एग्रिबिजनेस इन्नोभेसन सेन्टरसँग सम्झौता, कृषिमा आधारित स्टार्टअपलाई सघाउने |
काठमाडौं । लक्ष्मी बैंक र नेपाल एग्रिबिजनेश इन्नोभेसन सेन्टरबीच बित्तीय सहयोगबारे सम्झौता भएको छ । यस सम्झौता पश्चात बैंकिङ च्यानल मार्फत एग्रि–स्टार्टअपहरु तथा एग्रि–एसएमईहरुका लागि वित्तीय सहयोग प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
कृषि क्षेत्रमा वित्तीय पहुँचलाई सुदृढ बनाउनका लागि दुई पक्षीय सम्झौता भएको बैंकले जारी बिज्ञप्तीमा छ । नेपाल एग्रिबिजनेस इन्नोभेसन सेन्टर कृषि व्यवसायको लागि सल्लाह तथा परामर्श सम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्रिबिजनेस इन्नोभेसन सेन्टरका प्रतिनिधीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अन्तर्गत सहयोगका प्रमुख क्षेत्रहरु सूचना तथा अनुभवको आदान प्रदान, नेटवर्कमा पहुँच, संयुक्त रुपमा परियोयनाको विकास लगायत समान उद्देश्यका अन्य क्षेत्रहरु रहेका छन् । बैंक नेपाल एग्रिबिजनेश इन्नोभेसन सेन्टरको संस्थागत सदस्य पनि भएको बिज्ञप्तीमा उल्लेख छ ।
बैंकले ४६ जिल्लाहरुमा ९६ शाखा, ३ हस्पिटल काउन्टर, १०८ एटीएम तथा २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत बित्तीय सेवा दिइरहेको जानकारी दिएको छ ।




