शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न |
काठमाडौं । शंकर ग्रुप र अम्बे गु्रपको संयुक्त लगानीमा मकवानपुरको हेटौंडामा निर्माणधीन रिद्धि सिद्धि सिमेन्ट प्रालिले आफ्नो उत्पादनको पूर्वसन्ध्यामा जनकपुर, बर्दिवास, बीरगञ्ज र हेटौंडा लगायतका स्थानमा निर्माण सामाग्री विक्रेताहरुसँग भेटघाट एवं अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै शंकर ग्रुपका प्रबन्ध निर्देशक एवं युवाउद्यमी साहिल अग्रवालले आफ्नो उत्पादनको पूर्वसन्ध्यामा गरिएको उक्त अन्तरक्रियात्मक कार्यक्रमले आगामी दिनहरुमा आफुहरुलाई उत्पादित वस्तुको बजारीकरणका लागी मार्ग निर्देशन प्रदान गर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै अग्रवालले भने, ʽ रिद्धि सिद्धि सिमेन्ट युरोपियन अत्याधुनिक प्रदूषण रहित एवं नेपालमै पहिलो पटक रोबोटिक प्रवधिले गर्दा गुणस्तरमा हुने एकरुपता र लेजरसिल प्रविधिले गर्दा सामान्य बोरामाभन्दा कम चुहावट साथै वातावरणमैत्री हुनेछ ।ʼ
त्यसैगरी शंकर ग्रुपका कार्यकारी निर्देशक आन्नद नेपालले रिद्धि सिद्धि सिमेन्टको बारेमा बोल्दै आफ्नो उत्पादनले गुणस्तर शतप्रतिशत सुनिश्चित गर्ने बताउँदै छिटै नै आम उपभोक्ताको विश्वास जित्नेमा विश्वस्त रहेको बताए ।
कार्यक्रममा विगत लामो समयदेखि बहुराष्ट्रिय कम्पनीमा नेतृत्व तहमा रही उत्पादित वस्तुको बजारीकरणमा निकै सफल मानिएका रिद्धि सिद्धि सिमेन्टका महाप्रबन्धक मुकुन्द घिमिरेले आफ्नो उत्पादन आम उपभोक्तामैत्री हुने बताउँदै स्थानीय बजारमा आफ्नो उत्पादनको बलियो उपस्थिति रहने दाबी गरे ।
कार्यक्रममा उल्लेखनीय संख्यामा निर्माण सामाग्री विक्रेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका सञ्चालक ब्राण्ड म्यानेजर अनुज कुमार महतले सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै सिमेन्टको बजारीकरणमा नयाँ अभियान तथा जनचेतनामुलक कार्यक्रम चलाइने बताए ।
Visited 1 times, 1 visit(s) today


