नेपाल इन्भेष्टमेन्ट बैंकले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालय खोल्यो |
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले प्रादेशिक कार्यालय खोलेको हो ।
बैंकले प्रदेश नं. १ को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश नं. २ कोे वीरगञ्जमा, प्रदेश नं.३ को नारायणचौर (नक्साल) मा खोलेको छ ।
गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश नं. ५ को भैरहवामा, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगरमा र प्रदेश नं. ७ का लागि धनगढीमा कार्यालय खोलेको छ ।
बैंकिङ सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा बिस्तारको क्रममा बंैकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यकाबाहिर ५५ गरी जम्मा ७८ वटा शाखा खोलिसकेको छ ।
Visited 1 times, 1 visit(s) today


