कुमारी बैंकले पश्चिम रुकुममा तीन शाखारहित बैंकिङ सेवा केन्द्र सञ्चालनमा ल्यायो |
काठमाडौं । कुमारी बैंक लिमिटेडले पश्चिम रुकुमका ३ स्थानबाट शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।
शाखारहित सेवाको थालनीपछि स्थानीय वासिन्दाहरुले रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्ग, त्रिवेणी गाउँपालिका–३ झल्नेता र सानीभेरी गाउँपालिका–९ सिम्लीबाट विभिन्न बैंकिङ्ग सेवाहरुको लाभ उठाउन सक्नेछन् ।
पाँच वर्षअघि जिल्ला सदरमुकाम मुसिकोट, खलङ्गामा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ सेवा दिईरहेको कुमारी बैंकको कुल शाखा ८८ छन्।् ।




