एशियन लाईफको नयाँ बीमा योजना ʽदम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)ʼ सार्वजनिक |
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ʽदम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)ʼ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । समय सापेक्ष नविनतम जीवन बीमा योजना ल्याउने क्रममा पारिवारिक खुशीका पलहरुमा आर्थिक सुरक्षाको अनुभूती प्रदान गर्न ʽदम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)ʼ जीवन बीमा योजना प्रचलनमा ल्याएको जनाएको छ ।
यस योजनामा एउटै बीमालेखबाट श्रीमान र श्रीमती दुबैजनाको जोखिम बहन हुनेछ ।
यस बीमा योजनाका मुख्य विशेषताहरु
- एउटै बीमालेखबाट श्रीमान र श्रीमति दुबैकोस बीमाङ्कको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुने ।
- ५०,००० रुपैयाँदेखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने ।
- ठूलो बीमाङ्कको बीमा शुल्क रकममा छुट सुविधा ।
- दुर्घटना मृत्यु लाभ स्थायी अपाङ्ग र अशक्त सुविधा एवं बीमा शुल्क छुट सुविधा भएको ।
- मासिक, त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रुपमा बीमाशुल्क भुक्तानीको सुविधा ।
यस बीमा योजना अन्तर्गत देहायका अवस्थाहरुमा भुक्तानी दिइनेछ
- बीमा अवधि समाप्त हुने मितिसम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस ।
- बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र आर्जित बोनस ।
- बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम ।
- बीमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बीमाङ्क रकम ।
यस कम्पनीको हाल अधिकृत पूँजी ५ अर्ब रुपैयाँ, चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ भने कम्पनीको २०७५ असोज मसान्तसम्म १३ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले हाल २९ वटा शाखा र ७७ वटा उपशाखा गरी १०६ वटा कार्यालयहरुबाट बीमितहरुको घरदैलोमै जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।




