रेमिटर्स एशोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित |
काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन्।् । उनी आइएमई रेमिटेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।
एशोसिएसनको विहिबार भएको १३औं साधारणसभाबाट पोखरेल निर्वाचित भएका हुन् । एशोसिएसनको उपाध्यक्षमा सिटी एक्सप्रेसका चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिटका रितेश मित्तल र कोषाध्यक्षमा सूर्य रेमिटका संजय सिग्देल र सचिवमा आइपे रेमिटका इन्द्र शर्मा निर्वाचित भएका छन् ।
एशोसिएसनका सदस्यमा हिमाल रेमिटका युमा श्रेष्ठ, युनाइटेड रेमिटका प्रविन अधिकारी र इजी लिंकका दीपेन्द्र खनाल निर्वाचित भएका छन् । अध्यक्ष निर्वाचित भएपछि पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानका लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाएका छन् ।




