एलजी टिभीको एक्सचेन्ज अफर सार्वजनिकː ʽअब च्यानल होइन, टिभी बदल्नुस्’ |
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले पुरानो टिभीसँग नयाँ टिभी साट्ने अफर सार्वजनिक गरेको छ । ‘अब च्यानल होइन, टिभी बदल्नुस’ भन्ने नारासहित कम्पनीले टिभी एक्सचेन्ज योजना सार्वजनिक गरेको हो ।
यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका पुरानो टिभीलाई एलजीको टेलिभिजनसँग साट्न सकिने कम्पनीले जानकारी दिएको छ । एक्सचेन्ज अफरमा पुरानो टिभीको उचित मुल्याकंन गरिने र ४१ हजारसम्मको नगद छुट पनि उपलब्ध हुने कम्पनीले बताएको छ ।
‘योजनाबाट ग्राहकले एलजीको नयाँ टिभी, आकर्षक छुट र मुल्याकंनका साथै पुरानो टिभीमा आउने समस्याबाट समेत मुक्ति पाउनेछन्’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो योजना देशभर सिमित अवधिका लागि उपलब्ध हुने र कम्पनीको नियमअनुसार शर्तहरु लागू हुने बताइएको छ ।




