सिटिजन्स बैंक र अजोड इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल र अजोड इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हिजो मंगलवार हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताबमोजिम अब सिटिजन्स बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा सुविधा बैंकका मुलुकभर रहेका सम्पूर्ण शाखाबाट पाउन सक्ने बैंकले जानकारी दिएको छ ।




