इन्भेष्टमेन्ट बैंकद्वारा ʽसन्डे फनडेʼ र ʽवाह ओइनस्डेʼ गरी दुई योजना सार्वजनिक |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले भिसा कार्ड संजालबारे दुई योजना सार्वजनिक गरेको छ । बैंकले ʽसन्डे फनडेʼ र ʽवाह ओइनस्डेʼ नामका दुई योजना सार्वजनिक गरेको हो । ʽसन्डे फनडेʼ अन्तर्गत बैंकका भिसा डोमेस्टिक कार्ड बाहकले हरेक आइतबार देशभरका पीओएसहरुमा सामान किन्दा खातामा १५ प्रतिशत वा अधिकतम ५ सय सम्म नगद फिर्ता हुने बैंकले जनाएको छ ।
यसका लागि बैंकको भिसा डेविट प्रिपेड वा क्रेडिट कार्ड मार्फत भुक्तानी गरेमा नगद फिर्ता हुने बताइएको छ । यसैगरी ʽवाह् ओइनस्डेʼ अन्तर्गत बैंकका भिसा डोमेस्टिक कार्डबाहकले भाटभटेनीका देशभरका कुनै पनि शाखाबाट हरेक बुधबार सामान खरिद गर्दा अधिकतम ७५० रुपैयाँसम्मका गिफ्ट भौचर प्राप्त गर्न सकिने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
यस योजनामा सेन्चुरी बैंक, गरिमा बैंक, ग्लोबल आइएमइ बैंक, कैलाश बैंक, कुमारी बैंक, महालक्ष्मी बैंक, मेगा बैंक, मुक्तिनाथ बैंक, नेपाल बैंक, एनसीसी बैंक, राष्ट्रिय बाणिज्य बैंक, सानिमा बैंक, सहयोगी विकास बैंक तथा युनाइटेड फाइनान्सका भिसा डोमेस्टिक कार्डबाहकले समेत लाभ लिन सक्ने बैंकले जनाएको छ ।
यो योजना भोलिदेखि आगामी अप्रिल महिनासम्म लागू हुने बिज्ञप्तीमा उल्लेख छ ।




