निसानका गाडी खरीदमा ५ लाख नगद छुट |

काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरुमा ‘विन्टर फेष्ट अफर’ उपहार योजना सञ्चालनमा ल्याएको छ । यो उपहार योजना निसानका सबै गाडीहरु एक्सट्रेल, टर्रानो, नाभेरा, सन्नी र माइक्रा एक्टिभमा लागू हुने छ ।
निसान “विन्टर फेष्ट अफर” योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा पाँच लाख रुपैयाँसम्म छुट पाउन सक्ने छन् । गाडी एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस र लोयल्टी बोनस पनि प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।
सुख्खा जाडोलाई उत्सवमय बनाउन ग्राहकहरुलाई स्किममार्फत थुप्रै सुविधाहरु पनि निसानले दिने भएको छ । यो योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षको निःशुल्क स्वास्थ्य बीमा (आफ्नो निकटतम परिवारका सदस्यहरुलाई), ३ वर्षको वारेन्टी र सर्भि्सिङ र एक वर्षको विस्तृत ईन्स्योरेन्स प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।