प्रहरीद्वारा ८८ हजार रुपैयाँसहित ६ जना जुवाडे पक्राउ |
काठमाडौं । प्रहरीले काठमाडौंको एक ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा नगद ८८ हजार ७ सय ९० र ३ बुक ताससहित ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौं महानगरपालिका–१७ ढल्कुस्थित सुबिन देउलाको ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा देउलासहित ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर रानी पोखरीले जानकारी दिएको हो ।
सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।




