जगदम्बा कन्सट्रक्सनले बिक्री गर्ने केशका ३० इक्विपमेन्ट कन्म्याकमा बुकिङ |
काठमाडौं । कन्म्याक २०१८ मा केशका ३० वटा मेसिन बुकिङ भएका छन्। । भक्तपुरमा तीन दिनसम्म चलेको कन्म्याकमा केशका मात्रै ३० वटा विभिन्न मेसिन बुकिङ भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले मेलामा मोटर ग्रेडर, कम्प्याक्टर, ब्याकहो लोडरलगायतका उपकरण प्रदर्शनीमा राखेको थियो । आफ्नो स्टल एक हजार जनाले अवलोकन गरेको र ३० वटा बुकिङ भएको कम्पनीले उल्लेख गरेको छ ।
जगदम्बा कन्सट्रक्सन एण्ड सोलुसन्सले कम्पनीका सामान ग्राहकसमक्ष पुर्याउदैै आएको छ । जगदम्बाले देशभर १४ स्थानबाट सेवा दिइएको बताएको छ ।
भारतको कन्फेडेरेसन अफ इन्डिया इन्डष्ट्रीले आयोजना गरेको कन्म्याकमा १५० स्टल थिए । निर्माण क्षेत्रसँग सम्बन्धित सवारी साधनका बिक्रेताले मेलामा सहभागिता जनाएका थिए ।



