नेपाल इन्भेष्टमेन्ट बैंकले खोल्यो दार्चुलास्थित हिकिलामा शाखा |
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ७८ औं शाखा दार्चुलामा शाख विस्तार गरेको छ । प्रदेश ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा बैंकले शाखा खोलेको हो । सदरमुकामबाट १९ किलोमिटरको दूरीमा रहेको अतिविकट क्षेत्र दुहु गाविसमा ११ हजार जनसंख्या बसोबास गर्छन्।
तिङ्कार सडकखण्ड अन्तर्गत दुहुका स्थानीयको मुख्य पेशा जडीबुटी हो । बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड लगानी गरिसकेको छ । बैंकका कुल ग्राहक भने ९ लाख नाघिसकेको छ ।
बैंकका १०७ वटा एटिएम छन्। । बैंकको संजालमा भिसा तथा एनपीएन सदस्य बैंकका एक हजार बढी एटिएम रहेका छन्। । ३ हजार बढी पस टर्मिनल जडान भइसकेका छन्। ।



