रोल्पामा गोली चल्दा एकको मृत्यु |
रोल्पा । रोल्पा जिल्लाको सुलीचौरस्थित एक रेष्टुरेष्टमा आज साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ । रोलपा प्रहरीले गोली लागेर रोल्पा नगरपालिका–२ सिमलवाङका २९ वर्षीय रोहित पुनको मृत्यु भएको बताएको छ ।
भर्खरै खुलेको रेष्टप्वाइन्ट रेष्टुरेण्टमा गोली चलेको हो । गोली पुनको देब्रे छातीमा लागेपछि लगत्तै स्वास्थ्य केन्द्र पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
प्रहरीले गोली चलाएको आरोपमा रोल्पा नगरपालिका–१० धवाङका देवबहादुर घर्तीलाई नियन्त्रणमा लिएको छ । उनको साथबाट एक थान कटुवा पेस्टोलसमेत बरामद भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Visited 1 times, 1 visit(s) today


