प्राधिकरण दशौं अर्बका ठूला आयोजनामा पनि लगानी गर्न सक्षम छ : घिसिङ |
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण अब दशौं अर्बको जलविद्युत् आयोजनामा लगानी गर्न पनि सक्षम रहेको दाबी गरेका छन् । उनले शनिबार काठमाडौंमा भएको नेपाल विद्युत् प्राधिकरण पूर्वकर्मचारी समाजको तेस्रो वार्षिक साधारणसभामा त्यस्तो दाबी गरेका हुन् ।
प्राधिकरणले संचालन गरेको आयोजनाका काममा ढिलाइ हुनुको कारण खोजी गरेर अघि बढ्ने उनको भनाइ थियो । उनले यस वर्ष मात्रै प्राधिकरणले डेढ अर्ब नाफा आर्जन गरेको बताए । भविष्यमा प्राधिकरणको नाफा थप बढेर जाने उनले जानकारी दिए ।
गुणस्तरीय सेवा दिने कामलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेर अघि बढेको उनको भनाइ छ ।
Visited 1 times, 1 visit(s) today


