अख्तियारको प्रमुख आयुक्तमा सिफारिश भए नवीन घिमिरे |
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम सिफारिश गरिएको छ ।
संवैधानिक परिषदको आज बुधवार बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिश गरेको हो । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।




