कालीमाटी विवाद एक हप्ताभित्र टुंग्याउन कृषिमन्त्रीको निर्देशन | अनुगमन निरन्तर गर्न संयन्त्र बन्दै
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले कालीमाटी तरकारी बजारमा चलिरहेको विवाद एक हप्ताभित्र टुंग्याउन निर्देशन दिएका छन् । उनले मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूसँगको छलफलमा उक्त विवाद एकहप्ताभित्र टुंग्याएर निरन्तर अनुगमन गर्ने संयन्त्र बनाउन पनि निर्देशन दिएका हुन् ।
सो अवसरमा मन्त्री खनालले काठमाडौं उपत्यकाका कम्तीमा तीन स्थानमा तत्काल एकीकृत कृषि बजार स्थापना गर्न र किसानहरूलाई रासायनिक मल वितरण गर्न उपयुक्त मोडालिटी चाँडो पेश गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई निर्देशन दिए । सबै प्रदेशमा अत्याधुनिक गोदामघर बनाउनेबारे कार्यविधि र योजना बनाएर तत्काल पेश गर्न उनको निर्देशन छ ।




