बिमस्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भारतको पुनामा |
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रका सैनिकबीच भारतमा हुने भनिएको साताव्यापी संयुक्त अभ्यास भारतको पुनामा हुने भएको छ । उक्त सैन्य अभ्यास यही भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले बताएका हुन् ।
उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०÷३० जना सैनिकको सहभागिता रहनेछ । प्रतिआतंकवाद र विपद् व्यवस्थापन विषयमा केन्द्रित उक्त संयुक्त अभ्यास पहिलो पटक हुन लागेको हो ।
यस्ता अभ्यासले एकअर्का मुलुकका सेनाबीच घूलमिल हुन, क्षमता बुझ्न, विपद्को समयमा मिलेर खोज तलास, उद्धार र राहतको जिम्मेवारी पूरा गर्न तथा अरु सहयोग आदानप्रदान गर्नसमेत सजिलो हुने विश्वास गरिएको छ ।
उक्त अभ्यासको अवलोकन गर्न सदस्य राष्ट्रका सेना प्रमुखसमेत पुना पुग्ने कार्यक्रम छ ।
Visited 1 times, 1 visit(s) today


