महिन्द्राको ग्राहक भेटघाट तथा प्रशिक्षण सम्पन्न | २ सयभन्दा बढी ग्राहक लाभान्वित
काठमाडौं । महिन्द्रा कमर्शियल गाडीको नेपालका लागि आधिकारिक विक्रेता दुगड ब्रदर्श एण्ड सन्स प्रालिले आइतवार ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो । कम्पनीले वीरगञ्जको भिसुवा होटलमा महिन्द्रा म्याक्सिमो प्यासेन्जर भ्यानको भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा गाडीको सही सञ्चालनबाट उच्च प्रतिफल लिन गर्नुपर्ने कार्य तथा विधिबारे प्रशिक्षण दिइएको थियो । प्रशिक्षणबाट २ सयभन्दा बढी ग्राहक लाभान्वित भएको कम्पनीकी पीआर हेड बिमला थापाले जानकारी दिइन् ।
कार्यक्रममा कलैया टेम्पो समिति र परवानीपुर टेम्पो समितिका अध्यक्षहरु र सदस्यहरू, महिन्द्रा कम्पनीका कन्ट्री म्यानेजर तपश पटनायक, दुगड ब्रदर्श एण्ड सन्स प्रालिका हेड अफ अपरेशन शम्भु सुवेदी, वीगञ्ज शाखाका प्रमुख वेदप्रकाश शर्मा, काठमाडौंका सर्भिस हेड सुदीप सुवेदीलगायत अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।
Visited 1 times, 1 visit(s) today


