रोटा ओलम्पिक मिडिया खेलकुद हुँदै |

यस्तै ब्याडमिन्टन, फिफा, चेस, स्किपिङ, बास्केटबल, टेबल टेनिसका खेलमा भाग लिन पाइने छ । यसैगरी ३ ओटा शनिबारमा डाइस फेस, ब्याङ्न्ड ड्रोइङका खेल हुने नेपाल भूटानको जोन ६ले जनाएको छ । काठमाडौंका विभिन्न स्थानमा हुने विभिन्न किसिमका खेलमा ४५० जनाले भाग लिनेछन् । प्रतियोगितामा भाग लिनेले प्रतिखेल १०० रुपैयाँ तिर्नुपर्ने छ भने खेल बिजेता क्लबले ट्रफी पाउने छन् । यस्तै खेलमा विजयी हुने खेलाडीले मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
खेलमा मुलुकभरका विभिन्न जोन क्लबले भाग लिनेछन् । बूढानीकण्ठ स्कूल, जीए. हल ठमेल, थिम्स इन्टरनेसनल कलेज पुरानो बानेश्वरमा हुने खेलमा रोटार्याक्ट क्लबबाहिरका व्यक्ति तथा अन्य संस्थाले प्रतियोगितामा भाग लिन पाउने छैनन् भने प्रतियोगिताको अवलोकन गर्न सक्नेछन् ।

रोटार्याक्टले प्रत्येक वर्ष आयोजना गर्ने खेल प्रतियोगिताअन्तर्गत २ वर्षअघि १० ओटा खेलमा ४४० जनाले भाग लिएका थिए । यस्तै गत वर्ष ४८० जनाले विभिन्न १० खेलमा भाग लिएका थिए ।


