महालक्ष्मी विकास बैंक र युनिभर्सल कलेजबीच सम्झौंता |
काठमाडौं । महालक्ष्मी विकास बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेन्ज भैरहवाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा कलेजका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पिएस र बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले हस्ताक्षर गरे ।
सम्झौता पछि अब बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट दिइनेछ । यो सम्झौंता अनुसार जनरल बेडमा २० प्रतिशत, सामान्य ल्याब परीक्षण, जनरल सर्जरी, डेन्टल (जनरल) र रेडियोलोजी (एक्सरे) मा १० प्रतिशत छुट दिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार दन्तरोग सम्बन्धि सामान्य परीक्षण (दाँतमा किरा लाग्ने समस्या)को उपचार निːशुल्क गरिनेछ ।


