सिटिजन्स बैंक सञ्चालनको १३औं बर्षमा प्रवेश, सामाजिक काममा आर्थिक सहयोग |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड सञ्चालनको १३औं बर्षमा प्रवेश गरेको छ । यस अवशरमा बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ ।
बैंकले आफ्नो वार्षिकोत्सव पारेर बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरेको छ । प्रभातफेरी कार्यक्रममा करिव ३५० सिटिजन्सकर्मीहरू उपस्थित थिए ।
प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेका छन् । गरिब बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यरत ‘स्नो याक फाउन्डेसन’ लाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको छ ।
यसैगरी एचआईभी संक्रमित बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था ‘बेबी लाइफ होम’ किर्तिपुरलाई दुई लाख सहयोग गरेको छ । यसैगरी चितवन मानव सेवा आश्रमलाई ३ लाख सहयोग गरेको छ । रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ ।


