कृति अवार्डको टाइटल स्पोन्सरमा नेपाल आइस बियर |
काठमाडौं । कृति अवार्डसको टाइटल स्पोन्सर नेपाल आइस बियरले गरेको छ । यसको अर्को स्पोन्सर सीजी सिमेन्ट हुने भएको छ । विज्ञापन संघले आयोजना गर्न लागेको कृति अवार्डसको ११औं संस्करणका लागि स्पोन्सर गरिएको हो ।
स्पोन्सर सम्बन्धि सहमतिपत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र संघका अध्यक्ष रविन्द्रकुमार रिजालले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा सीजीका बरिष्ठ महाप्रबन्धक प्रदिप पुडासैनी र सहायक महाप्रबन्धक लालबाबु प्रसाद तथा आनका पूर्वअध्यक्षलगायत पदाधिकारिहरुको उपस्थिति रहेको थियो ।


