मलेसियामा दुई नेपालीसहित ११ जना मजदूरको ज्यान गयो |

काठमाडौं । मलेसियन एयरलाइन्सको एक कार्गो कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका दुई नेपालीसहित ११ जना मजदूरको ज्यान गएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
उक्त बस क्वाललम्पुर अन्तरराष्ट्रिय विमानस्थल नजिकै आउँदा त्यस क्षेत्रमा निर्मित एक ढलमा खसेको थियो । बस ढलमा खस्दा त्यस बसमा रहेका कम्तीमा पनि ११ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । दुर्घटनामा मृत्यु हुने नेपालीको पहिचान खुलेको छैन ।