ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बैंकासुरेनस सम्झौता |
काठमाडौं । ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बैँकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।
सो सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रिले हस्ताक्षर गरेका थिए । ज्योति विकास बैकले हाम्रो विकास बैकलाई प्राप्ति गरी एकिकृत कारोबार शुरु गरेको थियो ।
सो पश्चात ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि, निक्षेप २६अर्व ३८ करोड र कर्जा २३ अर्व ५७ करोड रुपैयाँ छ भने शाखा संख्या ९५, संख्या २३ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको छ । बैंकको चुक्ता पुँजी ३ अर्व १० करोड रुपैयाँ पुगेको छ ।

